Home > मनोरंजन > म संविधान

म संविधान

म संविधान
———
बोलायौ, म आँए, यो गाँऊ सहरमा,
म बस्छु नेपाली जन जन् को घरमा ।
म मेचीमा उठ्छु सुसेली त्यो हाल्दै,
म रम्छु पूरा देशमा पाईला चाल्दै ।१।

हजारौं बगे याँ रगतको भेलमा,
मेरो आश गर्दै पुगे कती जेलमा ।
मलाई थाहा छ आएको छु ढिलो,
नपार नेपाली त्यो मनलाई अमीलो ।२।

म जन्मेको होईन कुनै लाज सरमले,
मलाई नमार कुनै जात, धरमले ।
म होईन त्यो कागज लेखेको कलमले,
म त लेखीएको नेपालीको मनले ।३।

के हिमाल के पहाड के मधेस तराई ?
के गुरुङ के मगर के थारू के राई ?
के लीम्बु मधेसी म सबलाई जुटाउँछु ,
ती रून्चे मुहारमा म हाँसो फुटाउँछु ।४।

तराईमा फल्छु म धान झुलेर,
पहाडमा रम्छु म गुराँस फुलेर ।
हिमालको हिंउँ म बग्छु नदी भै ,
म बस्छु सबैको मन भित्र एक भै ।५।

म हुँ एकता याँ त्रीकोटी जनको,
म नै हुँ त्यो सद्भाव यहाँ दुखि मनको ।
म नै हुँ यो देशको भविष्य र आश,
मलाई नेपाली संहालेर राख ।६।

दुशान्त भट्टराई , स्कटल्याण्ड ।

Leave a Reply

Your email address will not be published.