Home > Feature News > यस्तो छ आयरल्याण्डमा तिहारको रौनक

यस्तो छ आयरल्याण्डमा तिहारको रौनक

देव राज, मुकुन्द, सन्जिल ।

१२ कार्तिक, डब्लिन । सनातन हिन्दु सम्प्रदायको महान चाड तिहार संघारमा अईपुगेको छ । शुक्रबारबाट यमपञ्चक पनि सुरु भइसक्यो ।

OLYMPUS DIGITAL CAMERA

अध्ययन वा बिभिन्न पेशा ब्यबसाय गरेर बसेका आयरल्याण्डबासी करीब ३ हजार नेपालीहरु मध्य बहुसङ्ख्यकको तिहार यतै बित्ने छ । यध्यपी यहाँका युवाहरुमा यसपाली दिपावलीको बेग्लै तामझाम देखिएको छ । कोही टिकट बिक्री बितरणमा ब्यस्त देखिन्छन भने कोही आफ्नो प्रस्तुतिमा निखारता ल्याउन दिनहु अभ्यासमा ब्यस्त छन ।

14590496_1110956765618675_7666666364192468194_n कुरा हो, यही मंगलवार आयोजना गर्न लागिएको दिपावली धमाकाको । यहाँ सकृय युवाहरुको साझा समुह द एभरेस्ट नेपालले पप गायन क्षेत्रका दुई साङ्गितिक हस्तिहरुलाई एकैपटक डब्लिनमा उतार्दै छ । चर्चित नेपाली रक पप गायक यड्रिन प्रधान र अर्का सुप्रसिद्ध गायक राजु लामाको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा लिम्रिक बाट आउने सभ्य ब्याण्ड र डब्लिनकै सुत्र ब्याण्डले थप रौनक बढाउंने छन् । आईतवार सम्म टिकट खरिद गर्दा २५ युरो र त्यसपछी ३५ युरोमा ब्यबस्था मिलाइएको एभरेस्ट नेपालका दिपक कार्कीले जानकारी दिए ।

radisson-blue-royal-hotelहोटल रयाडिसन ब्लु रोयलको सुबिधा सम्पन्न हलमा हुने सो कार्यक्रमको टिकटको माग उच्च रहेको तर ठाउँ सिमित रहेकाले आफुहरुले यस्तो ब्यबस्था गर्नु परेको कार्कीको भनाई छ । बिशिस्ट कक्ष्यमा रहेर कार्यक्रमको भरपुर मनोरन्जन लिन चाहनेका लागि बिशिस्ट टिकटको प्राबधान मिलाइएको द एभरेस्ट नेपालका अशोक भण्डारीले बताए । ‘बिशिस्ट टिकट बापत प्रतिब्यक्ती ५० युरो तिर्नु पर्ने हुन्छ तर हामीले १० बर्ष सम्मका बालबालिका हरुलाई फ्री पास मिलाएका छौं ।’ भण्डारी थप्छन् ‘देउसी भैलो खेले बापत उठेको रकम नेपालमै एक कार्यक्रमका बिच एस एस डि आर सि सस्थाका असाहाय बच्चा बच्चीहरुलाई प्रदान गर्ने छौं ।’ कार्यक्रमको झण्डै ८० प्रतिशत काम पुरा भएको आयोजक संस्थाका ईश्वर गुरुङ(डेविड) ले जानकारी दिएका छन् ।

अभुतपुर्ब रुपमा कार्यक्रम सफल हुनेमा बिस्वस्त रहेको भन्दै आयोजकले आयरल्याण्डबासी सम्पूर्ण नेपालीहरुलाई यही मंगलवार साँझ ५ बजे कार्यक्रम स्थलमा उपस्थितिका लागि अनुरोध गरेको छ ।

14639838_1113731572007861_4074576323145393492_n

Leave a Reply

Your email address will not be published.