Home > Feature News > राजदूत सुबेदी, खनाल र पौडेललाई थप जिम्मेवारी ! आयरल्याण्डका लागि डा सुबेदी राजदुत नियुक्त!

राजदूत सुबेदी, खनाल र पौडेललाई थप जिम्मेवारी ! आयरल्याण्डका लागि डा सुबेदी राजदुत नियुक्त!

नेपाली राजदूत डा. सुवेदी आयरल्याण्डको राजदूतमा समेत नियुक्त

मङ्गलबार, ०८ चैत २०७३

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

 

त्यसैगरी उनले जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई गणतन्त्र मङ्गोलिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

 

राष्ट्रपतिले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा कार्यरत डा दुर्गाबहादुर सुवेदीलाई आयरल्यान्डका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन्। प्राप्त जानकारी अनुसार डा सुबेदी अब छिट्टै आयरल्याण्डमा आफ्नो ओहदाको प्रमाणपत्र आइरिस रास्ट्रपति समक्छ बुझाउन आउने छन् !

Leave a Reply

Your email address will not be published.