Home > Feature News > राहदानीबाट सरकारलाई ६ अर्ब राजस्व

राहदानीबाट सरकारलाई ६ अर्ब राजस्व

काठमाडौं, साउन १९ – Passporttआव २०७२/७३ मा राहदानीबाट ६ अर्ब रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कूटनीतिक नियोगबाट  एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी दिए ।

सरकारले आठ लाख ७० हजार ३४६ मेसिन रिडिएवल पासपोर्ट (एमआरपी)  राहदानीबाट सो राजस्व सङ्कलन गरेको हो ।  विभागले दुई लाख ६९ हजार ९४४, जिल्लाबाट चार लाख ७३ हजार ७९५ र कुटनीतिक नियोगबाट एकलाख २६ हजार ६०७ राहदानी वितरण गरेको थियो ।

भूकम्प र नाकाबन्दीका कारण अघिल्लो आवको तुलनामा गत आवमा राहदानी लिनेको सङ्ख्या घटेको बताइको छ । गत आवमा १३ लाख ३७ हजार ८३८ व्यक्तिले राहदानी लिएका थिए ।

Leave a Reply

Your email address will not be published.