Home > खेलकुद > रेफ्रीमाथी नीर्घात कूटपिट

रेफ्रीमाथी नीर्घात कूटपिट

आश्विन-१२

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा सकियपछी हिजो रेफ्रीहरूमाथी नीर्घात कूटपिट भएको छ । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनरआटीले १–० को जित निकालेको खेल सकिएलगत्तै श्री कुमारीका पदाधिकारी र दर्शक मैदानमा प्रवेश गरे र रेफ्रीमाथि जाइलाग्न थाले । उनीहरूले निर्णायकलाई निर्घात पिटे ।

‘श्री कुमारीका अध्यक्ष नकुल हमाल र टिम म्यानेजर अनुप अधिकारी मैदानभित्र आएर किन गोल नदिएको भन्दै लाइन्सम्यान पदमबहादुर भुजेललाई पन्च हानेर लडाए । त्यसपछि निरन्तर किक हाने । दर्शकले पनि कुटे,’ फिफा रेफ्री सुदीश पाण्डेले भने । टाउको, ढाड र छातीमा चोट लागेका भुजेललाई साँझ अस्पताल लगिएको छ । उक्त खेलमा रेफ्री पाण्डे, लाइन्सम्यान भुजेल र युमाल मल्ल र फोर्थ अफिसियल सहदेव श्रेष्ठ थिए ।

‘हामी सबै निर्णायक पिटियौं,’ रेफ्री पाण्डेले भने, ‘प्रतियोगिता संयोजक राजेन्द्र नेउपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष विराटजंग शाही, सहायक कोषाध्यक्ष रवीन्द्र जोशीलगायत पदाधिकारी, एन्फाका बाउन्सरहरू तथा प्रहरी घटनास्थलमै थिए । तर, हामीलाई बचाउन कोही आएनन् । उनीहरू ५–७ मिनेटको घटना साम्य भएपछि मात्र मैदानमा ओर्लिए ।’ उनले थपे, ‘खेल सञ्चालनको अवधिमा केही भएको थिएन । केही गल्ती भएको थियो भने भिडियो हेर्दा हुन्छ । उजुरी गर्न सकिन्छ । हामी यस्तो अवस्थामा खेल खेलाउन सक्दैनौं ।’

खेल बहिष्कार गर्ने उक्त घटनाबारे रेफ्रीले रिपोर्ट एन्फामा मंगलबार नै बुझाइसकेको छ । उक्त घटनाको विरोधमा रेफ्रीले खेल बहिष्कार गर्ने भएका छन् । ‘खेलकुदमा सबभन्दा पीडित हामी (रेफ्री) हौं,’ रेफ्री संघका अध्यक्ष सुरेन्द्र शिख्राकरले भने, ‘सुरक्षाकै कमजोरीको कारण घटना भएको हो । त्यसैले हाम्रो पक्षमा निर्णय नआएसम्म हामी कुनै पनि खेल खेलाउदैनौं ।’

Leave a Reply

Your email address will not be published.