Home > खेलकुद > रोनाल्डोको जेट प्लेन दुर्घटना

रोनाल्डोको जेट प्लेन दुर्घटना

img_0802

आश्विन-१४

पोर्चुगलका फूटबल स्टार क्रिष्टियानो रोनाल्डाको प्राइभेट जेट प्लेन दुर्घटनामा परेको छ ।विमान अवतरणका क्रममा बार्सिलोनामा दुर्घटना भएको हो। उक्त समयमा रोनाल्डो भने जर्मनीमा बोरूसिया डर्टमुन्डसँग च्याम्पियन्स लिग खेलिरहेका थिए।

१५ मिलियन पाउण्डको जेट प्लेनमा इएल प्राट विमानस्थलमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।सोमबार अवतरणका क्रममा ल्याडिङ गियरमा केही समस्या आएको थियो। दुर्घटनामा प्लेनका पाइलटलाई सामान्य चोट लागेको छ। तर, कसैको अवस्था पनि गम्भीर नभएको समाचारमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published.