Home > प्रमुख समाचार > लामाबगर नाका बन्न सक्छ भरपर्दो विकल्प

लामाबगर नाका बन्न सक्छ भरपर्दो विकल्प

nepal-chinaदोलखा । तिब्बतको टिंग्री सहरबाट सिन्धुपाल्चोकको तातोपानीभन्दा दोलखाको लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक बढी सुरक्षित देखिन्छ । कारोबार दैनिकमा खबर छ ।

भारतले नाकाबन्दी लगाएपछि सरकारले गत असोज अन्तिम साता उत्तरतर्फका सातवटै नाका खोल्ने निर्णय गरिसकेको छ, जसमध्ये लामाबगर एउटा नाका हो ।

दोलखाको लप्चीबासी अहिले पनि तिब्बतको छुसाङ बजारमा निर्भर छन् । लप्चीबाट अहिले २ देशको सीमाना पुग्न १ घन्टा मात्रै लाग्छ । सीमानाबाट तिब्बतको बजार छुप्साङ पुग्न अर्को १ घन्टा लाग्छ । छुसाङसम्म उताबाट गाडी पनि चल्छ ।

 

 

Leave a Reply

Your email address will not be published.