Home > विविध > वन समूहको बैठकमा विवाद हुँदा रोल्पामा एकको मृत्यु

वन समूहको बैठकमा विवाद हुँदा रोल्पामा एकको मृत्यु

रोल्पा, भदौ ३।

alg-stoning-jpg वन समूहको बैठकमा विवाद हुँदा रोल्पाको जौलिपोखरीमा विहीबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६३ वर्षीय खरवीर बस्नेत छन् । भीरकुना सल्लेरी सामुदायिक वन उपभोक्ता समूह जौलिपोखरी–२ लामीडाँडाको बैठकमा भएको विवादमा स्थानीय बलबहादुर बुढाले ढुंगाले हानेर बस्नेतको हत्या गरेको प्रहरीले जनाएको छ । रुख काटेको विषयमा उपभोक्ता समिति र बस्नेतबीच यसअघि नै मिलापत्र भइसके पनि मादकपदार्थ सेवन गरेका कारण उनीहरुबीच भएको विवादले उग्ररुप लिएको थियो ।

Leave a Reply

Your email address will not be published.