Home > अर्थ/व्यापार/पर्यटन > विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यमा काठमाडौं

विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यमा काठमाडौं

kathmandu_valleyकाठमाडौं- विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा काठमाडौं परेको छ । ट्राभल वेबसाइट ट्रिप एडभाइजरले छनौट गरेका सन् २०१६ का लागि घुम्न जाने उत्कृष्ट गन्तव्यहरुको सूचिमा काठमाडौं २३ नम्बरमा परेको हो ।

विश्वभर घुमेका लाखौं पर्यटकको छनोटमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गरेको हो । यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।

ट्रिप एडभाइजरले हरेक वर्ष उत्कृष्ट गन्तब्यहरु सार्वजनिक गर्दै आएको छ । काठमाडौंपछि अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्ट उत्कृष्ट गन्तव्यमा परेका छन् ।
गतवर्ष पनि नेपाल उत्कृष्ट २५ गन्तव्यभित्र पर्न सफल भएको थियो । ट्रिप एडभाइजरको उत्कृष्ट पहिलो गन्तव्यमा बेलायतको लण्डन परेको छ ।

उत्कृष्ट दोस्रो गन्तव्यमा टर्कीको स्तानवुल परेको छ । त्यस्तै,स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप, छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन परेका छन् ।

तेह्रौं स्थानमा संयुक्त अरब इमिरेट्सको दुबई, चौधौं रुसको सेन्ट पिटर्सबर्ग, पन्ध्रौं थाइल्यान्डको बैंकक, सोह्रौं नेदरल्यान्डको आम्सटर्डम, सत्रौं अर्जेन्टिनाको ब्युनस आयर्स, अठारौं चीनको हङकङ, उन्नाइसौं मेक्सिकोको प्लेया डेल कार्मेन, बीसौं दक्षिण अफ्रिकाको केप टाउन सेन्ट्रल, एक्काइसौं जापानको टोकियो, बाइसौं पेरुको कुस्को, चौबीसौंमा अस्ट्रेलियाको सिड्नी र पच्चीसौं स्थानमा हंगेरीको बुडापेस्ट परेको छ ।

Leave a Reply

Your email address will not be published.