Home > Feature News > वीर अस्पताल पुगेर मन्त्री गगन थापाले के–के गरे ?

वीर अस्पताल पुगेर मन्त्री गगन थापाले के–के गरे ?

काठमाडौं, भदौ १७ ।

1472737389gagan-thapa-finalतस्बिर ईमेज

मन्त्रीको जिम्मेवारी लिएपछि अस्पतालहरुको अनुगमन गर्ने नेपालका स्वास्थ्यमन्त्रीको पुरानै चलन हो ।

यही परम्परालाई निरन्तार दिएका छन्, नवनियुक्त स्वास्थयमन्त्री गगन थापाले पनि ।

मन्त्री बनेको एक सातापछि स्वास्थ्यमन्त्री गगन थापा विहीबार मुलुककै पुरानो वीर अस्पतालका विभिन्न विभागमा पुगे र कर्मचारीहरुलाई मनग्गे निर्देशन पनि दिए ।

राजधानीको वीर अस्पतालको वातावरण अन्य दिनभन्दा बेग्लै थियो । सधैं बिरामीको भीडले अस्तव्यस्त देखिने वीर अस्पताल परिसरको आँखापर्ने ठाउँ जति सबै सफा गरिएको थियो ।

मन्त्री थापाको स्वागत्मा एकहुल कर्मचारी हातमा फूलको बुके र माला बोकेर प्रतीक्षामा थिए ।

करिब ४० मिनेट ढिलो गरी वीर अस्पताल पुगेका मन्त्री थापा कर्मचारीको स्वागत् स्वीकार्दै अस्पतालको चौथो तलामा रहेको बैठककक्षमा पुगे ।

एकघन्टा त्यहाँका कर्मचारी, चिकित्सकलगायतसँग अन्तरक्रिया गरेपछि मन्त्री थापाले १०० दिनभित्र अस्पताल सुधारका लागि गर्न सकिने कामहरुको कार्ययोजना पेश गर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

त्यसपछि अस्पतालकै विभिन्न विभाग र बिरामीहरुको कक्ष निरीक्षण सकेर मन्त्री थापा झन्डावाल गाडीमा अस्पतालबाट बाहिरिए ।

मन्त्री थापाले पुरानै मन्त्रीहरुको शैलीमा आफूभन्दा करिब ८५ वर्ष पुरानो अस्पतालको निरीक्षण गरे, त्यहाँका समस्या सुने र बाहिरिए । तर, वीर अस्पतालमा वर्षौदेखिको समस्या ज्यूँका त्यूँ छ ।

जनताको अस्पतालकारुपमा परिचित वीर अस्पताल यतिबेला गरिबको अस्पतालकोरुपमा परिचित छ ।

करिब ११ सय कर्मचारी कार्यरत् वीर अस्पतालभित्र पुग्दा व्यवस्थाभन्दा अस्तव्यस्तता देखिन्छ ।

अस्पतालभित्रको दुर्गन्ध तथा फोहोर हेर्दा कुल कर्मचारीको २८ प्रतिशत कर्मचारी सरसफाइका तथा सुरक्षामा खटिएका छन् भन्ने तथ्यांक नै मिथ्या लाग्छ ।

Leave a Reply

Your email address will not be published.