Home > समाचार > संसदीय दलको नेताका लागि देउवा र पौडेल भिड्ने

संसदीय दलको नेताका लागि देउवा र पौडेल भिड्ने

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार बसेको पौडेल समर्थित नेताहरूको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी २४ गते निर्वाचन हुँदैछ ।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा आफैँ संसदीय दलको नेतामा लड्ने भएका छन् ।

नेता पौडेल कांग्रेस महाधिवेशनमा सभापति देउवासँग पराजित भएका थिए । कांग्रेसका २ सय ७ जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published.