Home > Feature News > संसद बैठकको कार्यसूचि टुङ्गो लागेन, भिडन्त हुने संभाबना

संसद बैठकको कार्यसूचि टुङ्गो लागेन, भिडन्त हुने संभाबना

काठमाडौं, साउन

ca-parliament-building-nepalसंसदको कार्य व्यवस्था परामर्श समितिको बैठक बिना निस्कर्ष सकिएको बिहीबारको व्यवस्थापिका संसद बैठकको कार्यसूचि तय गर्ने भनिएपनि दलहरुको आआफ्नै अडानले निस्कर्ष निस्किएन

बुधबारको बैठक बिना निस्कर्ष सकिएपछि बिहीबार बिहान नौं बजे फेरि छलफल गर्ने सभामुख ओनसरी घर्तीले बताउनु भयो बिहीबारको संसद बैठकमा कार्यसूचि के राख्ने भन्ने विषयमा चार घण्टा लामो छलफल चलेपनि दलहरुको आफ्नै अडानका कारण निस्कर्ष ननिस्किएको हो  

कांग्रेस नेकपा माओवादी केन्द्रले अविश्वास प्रस्तावमा छलफल गर्नुपर्ने अडान दोहोर्याए भने नेकपा एमाले राप्रपा नेपालले अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकमा छलफल हुनुपर्ने बताए

नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससहितका दलले सरकार विरुद्ध गएको असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो।  

Leave a Reply

Your email address will not be published.