Home > समाचार > सभापति उठ्छु, शेखर र सशांकको समर्थन छ : सुजाता

सभापति उठ्छु, शेखर र सशांकको समर्थन छ : सुजाता

sujata koiralaकाठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनमा सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । आफूले बार्गेनिङका लागि नभई महिला नेतृत्व कायम गर्नका लागि उम्मेदवारी दिएको पनि उनले बताइन् ।

रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘म यसपटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।’ आफूलाई देशभरिका कार्यकर्ताको समर्थन रहेको दावी गर्दै उनले आफैंले जित्ने पनि बताइन् ।

‘१२ औं अधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हु, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन,’ उनले भनिन् । उनले पार्टी भित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राईण्ड डिजाइन भइरहेको भन्दै आफू र कांग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको बताइन् ।

कोइरालाले पार्टीभित्र गुटबन्दी, भागबण्डा अन्त्य गरे युवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजर दिलाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको भन्दै विगतमा नेताहरुले दिएको योगदान बिर्सिए काग्रेस नै समाप्त हुने चेतावनी दिइन् ।

उनले कोइराला परिवारको समेत आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको दावी गरिन् । कोइरालाले भनिन्, ‘सशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन् र बाहिर आएका कुराहरु गलत भएको आश्वास्त पारेका छन् ।’

Leave a Reply

Your email address will not be published.