Home > विविध > सरकारका सय दिन: थोरै सफल, धेरै असफल (भिडियो)

सरकारका सय दिन: थोरै सफल, धेरै असफल (भिडियो)

kp oliकाठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारले काम सुरु गरेको एकसय दिन पूरा भएको छ । सामान्यतः सरकार गठन भएको सय दिनलाई सरकारको हनिमुन पिरियडका रुपमा लिइने गरिन्छ ।

तर यो सरकार गठन भएका बेला मुलुक समस्या नै समस्यामा जेलिएको थियो । जनताले ठूलो अपेक्षा गरिरहेका बेला गठन भएको सरकारले आफ्नो हनिमुन पिरियडमा अपेक्षाअनुसार काम भने गर्न सकेन ।

यो अबधिमा जनताले अनुभुति गर्ने खालको कुनै काम भने हुन सकेन । हुन त ओली प्रधानमन्त्री हुनु अघिदेखिनै मधेस आन्दोलन र भारतीय नाकाबन्दी सुरु भइसकेको थियो । यो उनले बिरासतकै रुपमा पाएका थिए । तर यसो भन्दै गर्दा देशमा भएका समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै हो जुन उनले पुरा गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published.