Home > समाचार > सरकारको काम सन्तोषजनक छैनः सिटौला

सरकारको काम सन्तोषजनक छैनः सिटौला

विराटनगर- नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताउनुभएको छ ।

प्रेस युनियन विराटनगरले आज बिहान यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गर्नुभएको हो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेकोजस्तो देखिएको बताउनुभयो । सिटौलाले देशमा अहिले रहेका मूलभूत मुद्दालाई लिएर नेपाली काँग्रेसले अग्रसरता लिने बेला आएको पनि बताउनुभयो । नेपाली काँग्रेसले अन्य दलका नेतासँग छलफल गरेर अगाडि बढ्ने बेला आएको बताउनुभयो ।

उहाँले संंविधानको कार्यान्वयनबाट देशलाई अगाडि लैजानुपर्ने चुनौती रहेको बताउनुभयो । “धेरै ऐनकानुनको निर्माण गर्नुपर्छ, प्रथम चरणको कार्यान्वयनमा नगई देश अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.