Home > आयरल्याण्ड > साउथ लण्डनमा कोम्बो पार्टी

साउथ लण्डनमा कोम्बो पार्टी

लण्डन- साउथ लण्डन नेपलिज गोरखा एसोसिएसनले अंग्रेजी नयाँ वर्ष, ल्होसार, माघेसंक्रान्ति र क्रिसमसको अवसरमा संयुक्त कार्यक्रम आयोजना गरेको छ ।

मोर्डनस्थिन सेन्ट लरेन्स हलमा शनिबार आयोजित कार्यक्रममा वक्ताहरुले क्रिसमस, ल्होसार र माघेसंक्रान्तिको महत्वका बारेमा जानकारी गराएका थिए ।

एसोसिएसनका अध्यक्ष नुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा रोजर विलियम्सले क्रिसमसका बारेमा, क्याप्टेन देवबहादुर गुरुङले ल्होसारका बारेमा र खुमबहादुर कन्वारले माघेसंक्रान्तिका बारेमा बोलेका थिए ।

कार्यक्रममा सहभागीहरु आ–आफ्नो मौलिक भेषभूषामा उपस्थित भएका थिए । उनीहरुमध्ये पुरुषतर्फ र महिलातर्फ उत्कृष्ट पहिरन लगाउनेहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

युवापुस्तालाई मौलिक पहिरन लगाउन प्रेरित गर्न सो प्रतिस्पर्धा राखिएको आयोजकले बताए ।

Leave a Reply

Your email address will not be published.