Home > समाचार > स्थानीय निकायको निर्वाचनबारे धारणा बनाउन कांग्रेस छलफलमा

स्थानीय निकायको निर्वाचनबारे धारणा बनाउन कांग्रेस छलफलमा

nepali-congress-flagकाठमाडौं– प्रमुख प्रतिपक्ष कांग्रेसले अन्तरिम अवधिका लागि स्थानीय निकायको निर्वाचन गर्न सम्भव हुने या नहुने भन्ने बिषयमा पार्टीको दृष्टिकोण बनाउन छलफल थालेको छ ।

सरकारले आगामी मंसीरमा चुनाव गर्ने घोषणा गरीरहेका बेला प्रतिपक्ष कांग्रेसले यस बिषयमा पार्टीको दृष्टिकोण ल्याउन आन्तरिक छलफलमा जुटेको हो ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार भएको छलफलमा अधिकांश कांग्रेस नेताहरुको मत स्थानीय निकायको पुर्नसंरचनापछि निर्वाचन गराउन उपयुक्त हुने थियो ।

Leave a Reply

Your email address will not be published.