Home > Feature News > हेलिकप्टर दुर्घटनामा ७ को मृत्यु

हेलिकप्टर दुर्घटनामा ७ को मृत्यु

image
साउन-२४,
गाेरखाबाट काठमाडाैंका लागि उडेकाे फिस्टेल एअरकाे हेलिकप्टर नुवाकाेट जिल्लाकाे बेलकाेट गाविस-८ बेतिनीमा दुर्घटनाग्रस्त भएकाे छ। दुर्घटनमा परी हेलिकप्टरमा सवार सबै ७ जनाकाे मृत्यु भएकाे छ। फिस्टेल एयरका रमेश शिवाकाेटीका अनुसार चालक क्याप्टेन रञ्जन लिम्बु, दुई वर्षमुनीका एक बालक र पाँच यात्रुको घटनास्थलमै मृत्यु भएकाे हाे।

दुर्घटनमा मृत्यु हुनेहरूकाे पहिचान गर्नेक्रम जारी रहेकाे उनले जनाए। सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएकाे हेलिकप्टर काठमाडाैं फर्किँदा दुर्घटनामा परेकाे हो । घटनास्थलतर्फ प्रहरीकाे दुइवटा टाेली परिचालन गरिएकाे छ।

बेल्कोट र मदनपुर गाविसको सीमामा पर्ने डाँडोबाट धुँवा आइरहेको छ। साे स्थानमा घना जंगल छ।

Leave a Reply

Your email address will not be published.