Home > समाचार > नेपालमा १० बजे देखि ५ बजे सम्म ओ पी डी खुल्ला हुने !

नेपालमा १० बजे देखि ५ बजे सम्म ओ पी डी खुल्ला हुने !

 

आश्विन ११, २०७३- स्वास्थ्य मन्त्रालयले मुलुकका सबै सरकारी स्वास्थ्य निकायको बहिरंग सेवा (ओपीडी) बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला राख्न परिपत्र जारी गरेको छ । यसअघि धेरैजसो अस्पतालका ओपीडी बिहान १० देखि २ बजेसम्म मात्र सञ्चालन हुने गरेको थियो ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा.पुष्पा चौधरीले स्वास्थ्य निकायमा पुग्ने व्यक्तिले सहज उपचार पाउन बहिरंग सेवाको समय ५ बजेसम्म तोकिएको बताइन् । उनका अनुसार करिब दिनभर स्वास्थ्य निकाय खुल्ला हुने भएपछि उपचारका लागि आएका सेवाग्राही उपचार नपाई फर्केर जानुपर्ने अवस्था कम हुनेछ ।

सबै जिल्ला अस्पताल, हेल्थ पोस्ट, प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा यो परिपत्र जारी गरिएको छ । मुलुकमा करिब ४ हजार सरकारी स्वास्थ्य संस्था छन् ।

Source ; Kantipur

Leave a Reply

Your email address will not be published.