Home > विविध (Page 10)

विराटनगरमा शवयात्रा, उपेन्द्र, राजेन्द्र महतोले दिए श्रद्धान्जलि

विराटनगर- मोरङको रंगेलीमा गत साता प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको सोमबार शवयात्रा निकालिएको छ । शवयात्रामा मधेसी मोर्चाका कार्यकर्ता सयौंको संख्याका सहभागी थिए । कोशी अञ्चल अस्पतालबाट शवयात्रा निकाल्नुअघि मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, जेपी गुप्ता, अनिल झालगायतले मृतकहरुप्रति श्रद्धान्जलि दिएका थिए । शवयात्राले विराटनगरका विभिन्न भागको परिक्रमा गरी कटहरी हुँदै रंगेली

Read More

संविधान संशोधन त भयो, अब के गर्ला मोर्चाले ?

काठमाडौं- व्यवस्थापिका संसद्बाट संविधान संशोधन विधेयक पारित भएपछि आन्दोलनरत मधेसी मोर्चा थप आक्रोसित भएको छ । मोरङको रंगेली घटनापछि सरकार र मोर्चाबीचमा बढेको असमझदारी संविधान संशोधन विधेयक पारित भएपछि झनै बढेको छ । मोर्चा नयाँ चरणको आन्दोलनको तयारीमा जुटेको छ । प्रमुख दलहरुले मधेस आन्दोलनलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गरिएको बताए

Read More

विजेताको भव्य स्वागत [फोटो फिचर]

काठमाडौं- बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिसहित नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । पूर्वखेलकुदमन्त्री एवं सांसद पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद )राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त,

Read More

‘नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्न सक्छ’

काठमाडौँ- नेपालको पर्यटन तथा व्यापार प्रबर्द्धनका लागि नेपाल र बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिइएको छ । प्राकृतिक सौन्दर्यता, भू्–धरातलीयस्वरुप र हावापानीका कारण नेपाल दक्षिण एशियाकै पर्यटनको राजधानी बन्नसक्ने भन्दै सरोकारवाला वक्ताले त्यसको भरपुर उपयोग गर्न आवश्यक रणनीतिको खाँचोसमेत औँल्याए । नेपाल–बङ्गलादेशबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपालस्थित बङ्गलादेशी राजदूतावास र एशियन इन्स्टिच्युट अफ

Read More

सरकारको विरोध गर्नेलाई १९ वर्ष जेल

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टीको विरोध गर्ने एकजना चिनियाँ अधिकारवादीलाई १९ वर्षको जेल सजाय सुनाइएको समाचार छ । उनले चिनियाँ कम्युनिष्ट पार्टी, सत्तारुढ दलको आलोचना गरी इन्टरनेटमा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ । उनी चीनको उत्तरपश्चिमी क्षेत्र सिनजियाङका एकजना अधिकारवादी हुन् । उनले विदेशी मिडियालाई पनि सरकारको विरोधमा अन्तरवार्ता दिएको आरोप सरकारको

Read More

तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…

काठमाडौं- लामो समयसम्म फुटबलमा अन्तर्राष्ट्रिय उपाधि बिहिन भएको नेपालका लागि शुक्रबार ऐतिहासिक क्षण भयो। सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेयता तेइस वर्षसम्म नेपालले कुनै पनि प्रतियोगितामा उपाधि जितेको आज पहिलो पटक हो। बंगलादेशको बङ्गबन्धु रंगशालमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइनको चुनौती ३-० ले पन्छाउँदै फुटबलमा उपाधि र

Read More

१० वर्षमा १० हजार मेगावाट विजुली

काठमाडौं- ऊर्जा मन्त्रालयद्वारा गठित कार्य दलले ऊर्जा संकट निवारण दशक घोषणाका लागि प्रस्ताव गरेका छन्। मुलुकमा देखिएको चरम ऊर्जा संकट समाधानका लागि ऊर्जा संकट घोषणा गर्ने ठहरका साथ ऊर्जा मन्त्रालयले गठन गरेका विभिन्न ६ वटा कार्यदलले प्रतिवेदन पेस गर्ने क्रममा सो प्रस्ताव गरेको हो। प्रतिवेदन पेस गर्ने क्रममा उपप्रधान एवं ऊर्जामन्त्री

Read More

एडिसीको सम्झनामा राजा वीरेन्द्रका अनेकौं रहस्य

अवकाशप्राप्त उपरथी टीका धमलासँग राजा वीरेन्द्रका अनगिन्ती संस्मरण छन् । एडिसीका रूपमा २० वर्ष राजा वीरेन्द्रसँगै रहेका उनी दरबार हत्याकाण्ड हुने दिन ०५८ जेठ १९ गते शुक्रबार साँझसम्म वीरेन्द्रसँगै थिए । कूटनीति, सुरक्षाका विषयमा स्वयं जानकार पूर्वउपरथी धमलाले राजा वीरेन्द्रका राजनीतिक, कूटनीतिक र निजी प्रसंग सुनाएका छन् । ०२८ सालमा राजा

Read More

पाकिस्तानको एक विश्वविद्यालयमा आतंकी हमला

काठमाडौँ, ६ माघ(एजेन्सी) : आतंकवादीहरूले पाकिस्तानको बाचा खान विश्वविद्यालयमा आक्रमण गरेका छन् । आतंककारीहरूले विश्वविद्यालयका छात्राहरूमाथि आक्रमण गरेको समाचारमा जनाइएको छ । आक्रमणकारीहरूबाट बचाईएका छात्राहरूका अनुसार आतंककारीहरूले ६० देखी ७० जना छात्राको टाउको गोली प्रहार गरेका छन् । विश्वविद्यालयमा उपस्थित छात्रा, शिक्षक र अन्य व्यक्तिहरूलाई बचाउनका लागि रेस्क्यु अपरेशन जारी रहेको

Read More

महतद्वारा ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को सम्मान ग्रहण [फोटो फिचरसहित]

लन्डन- नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’को सम्मान ग्रहण गर्नुभएको छ । लन्डनबाट प्रकाशित हुने प्रख्यात फाइनान्सियल टाइम्सको सह—प्रकाशन दी बैंकरले आफ्नो ९० औं वार्षिकोत्वसको अवसर पारेर उसको मुख्यालयमा समारोहको आयोजना गरि डा महतलाई सम्मान गरेको हो । दी ब्यांकरले नेपालमा अप्रील महिनमा भएको विनाशकारी भूकम्पपछिको

Read More